तपाईंहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा छैनौं : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबावमा नपर्ने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिवार पोखरा पुगेका उनले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबावका आधारमा नछाड्ने बताएका हुन् ।

‘‘देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘देश बर्बाद हुँदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘एक जना पनि निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने वा उनीहरुलाई डाम्ने काम गर्ने छैनौं । कोही दोषीलाई कुनै प्रकारको दबावका आधारमा छाड्ने काम सरकारले गर्दैन ।’ अनलाइन खबर

 

२०८० माघ २०, शनिबार प्रकाशित 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/