२०८२ बैशाख २६ शुक्रबार

अर्जुन कुमाल आईसीसीबाट कारबाहीमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपालका युवा ब्याटर अर्जुन कुमाल कारबाहीमा परेका छन् ।

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीका कारण उनी कारबाहीमा परेका हुन् । अर्जुनले आइसीसीको आचारसंहिता–२ अनुसार गल्ती गरेपछि १ निलम्बन (सस्पेन्सन) प्वाइन्ट पाउनुका साथै, एकै पटक तीन डिमिरेट प्वाइन्ट पाएका छन् ।

उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागू हुनेछ । यदि २४ महिना अवधिमा चार डेमेरिट प्वाइन्ट वा दुई निलम्बन अंक भएमा दुई अन्तर्राष्ट्रिय क्रिकेट खेलमा प्रतिबन्ध लाग्ने गर्दछ । नेपाल बुधवार सुपर सिक्स खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

छैटौं ओभरमा अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए । सोही कारण अर्जुन र बंगलादेशका मरुफबीच केही भनाभन भएको थियो । उनले दौडिनेक्रममा आफ्नो साइडबाट रन जोड्ने धुनमा धक्का दिएका थिए ।

मृधालाई धक्का दिएका कारण एकै पटक तीन डेमेरिट प्वाइन्ट पाएका हुन् । खेलपछि अर्जुन कुमालले म्याच रेफ्रीसँग गल्ती स्वीकार गरेका छन् । नेपालले विश्वकपको अन्तिम खेल शुक्रवार भारतसँग खेल्नेछ ।

अर्जुनले विश्वकपको पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । त्यसपछिका खेलमा भने अर्जुन चल्न सकेका छैनन् । अनलाइन खबर

 

२०८० माघ १९, शुक्रबार प्रकाशित 1 Minute 233 Views

ताजा समाचार