२०८१ बैशाख १९ बुधबार

यती एयरलाइन्सका भोलि हुने तय भएका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने तय भएका सबै उडान रद्द गरेको छ ।

आइतबार बिहान पोखरामा विमान दुर्घटनामा परेपछि एयरलाइन्सले आइतबार साँझ एक सूचना जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।

तर, आपत्कालीन र उद्धारका उडान भने जारी नै रहने एयरलाइन्सले जनाएको छ ।

आइतबार बिहान चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा परेको थियो । अहिलेसम्म ६९ जनाको शव भेटिएको छ ।

२०७९ माघ १, आईतवार प्रकाशित 0 Minutes 293 Views