२०८१ बैशाख १५ शनिबार

आधुनिक साकोस : पद हस्तान्तरण तथा नयाँ नेतृत्वलाई सपथ

काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) का नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ ।

संस्थाको ११ औं बार्षिक साधारण सभाअन्तर्गत भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आइतबार पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।

निर्वाचन समितिका संयोजक टिकेन्द्र थापाले नवनिर्वाचित अध्यक्ष कमल थापा, उपाध्यक्ष युवराज भट्टराई, सचिव भिम प्रसाद लम्साल, सह-सचिव भुपाल ओली, कोषाध्यक्ष कृष्णराज पौडेल, सदस्यहरु रामबहादुर तामाङ, महतलाल राजवंशी, कवितादेवी डाँगी, कृष्णकान्त खनियाँ, बिजय भट्टराई, वर्मलाल ओझा, चुडामणी बराल र लालबहादुर लिम्बुलाई सपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, लेखा समिति संयोजकमा निर्वाचित माधव अर्याल, लेखा समिति सदस्यमा केशवप्रसाद कोइराला र ओमप्रकाश भट्टराइलार्ई पनि निर्वाचन समिति संयोजक थापाले सपथ ग्रहण गराइएका छन् । प्रदेशसभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कमल थापाले शेयर सदस्यको हितका लागि दीर्घकालिन योजना बनाएर काम गर्ने बताए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अंगतबहादुर थापा, निवर्तमान उपाध्यक्ष मेदनीप्रसाद खरेल, समाजसेवी डिल्लीराम घिमिरे, फडिन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, निर्वतमान अध्यक्ष अंगतबहादुर थापा, समाजसेवी डिल्लीराम घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक टिकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन व्यवस्थापक पारस ओलीले गरेको थिए ।

२०७९ माघ १, आईतवार प्रकाशित 1 Minute 519 Views

ताजा समाचार