२०८३ जेष्ठ २१ बिहीबार

सैन्य विमान दुर्घटना : ६५ युक्रेनी सेनासहित ७४ जनाको मृत्यु

काठमाडौं । रुसी रक्षा मन्त्रालयले युक्रेनी सीमा नजिकैको बेल्गोरोदमा सैन्य विमान दुर्घटनाग्रस्त भएको जनाएको छ ।

विमानमा ६५ जना युद्धमा लडिरहेका युक्रेनी सेना, ६ जना चालक दलका सदस्य र तीन ‘एस्कर्ट’ रहेको मन्त्रालयले जनाएको छ ।

स्थानीय गभर्नरले विमानमा सवार सबैको मृत्यु भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

बेल्गोरोदबाट ७० किलोमिटर उत्तरपूर्वमा  याब्लोनोभो गाउँ नजिकै विमान दुर्घटना भएको बताइएको छ ।

रुसी विदेश मन्त्रालयले युक्रेनले विमान खसालेको आरोप लगाएको छ ।

२०८० माघ १०, बुधबार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।