२०८१ बैशाख १७ सोमबार

मेचीनगरमा अवैध रुपमा नदी उत्खनन् गर्ने ट्याक्टरसहित दुई जना पक्राउ

मेचीनगर । मेचीनगरमा अवैध रुपमा नदी उत्खनन् गर्ने ट्याक्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शुक्रबार मेचीनगर नगरपालिका–३ स्थित निन्दा खोलामा अवैध रुपमा उत्खनन् गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले २० वर्षीय सागर तामाङले चलाएको प्रदेश १–०१–००१ त ८९४२ र सोही स्थानका २२ वर्षीय सुजन धिमालले चलाएको प्रदेश १–०१–००१ त ८३१७ नम्बरको ट्याक्टरहरुले अबैध रुपमा गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 878 Views

ताजा समाचार