२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगरमा अवैध रुपमा नदी उत्खनन् गर्ने ट्याक्टरसहित दुई जना पक्राउ

मेचीनगर । मेचीनगरमा अवैध रुपमा नदी उत्खनन् गर्ने ट्याक्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शुक्रबार मेचीनगर नगरपालिका–३ स्थित निन्दा खोलामा अवैध रुपमा उत्खनन् गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले २० वर्षीय सागर तामाङले चलाएको प्रदेश १–०१–००१ त ८९४२ र सोही स्थानका २२ वर्षीय सुजन धिमालले चलाएको प्रदेश १–०१–००१ त ८३१७ नम्बरको ट्याक्टरहरुले अबैध रुपमा गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 1206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।