२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगर नगरपालिका: प्रमुख प्रशासकीय अधिकृत राजकपुरलाई हाजिर गराउन कर्माचारीकाे माग

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाइलाई तत्काल कार्यालयमा हाजिर गराउन झापाका सबै कर्मचारी संगठनले माग गरेका छन ।

जिल्लामा रहेका कर्मचारी सगठनहरूले बिहिबार संयुक्त बिज्ञप्ती जारी गर्दै प्रमुख प्रसाशकीय अधिकृत चम्लागाईलाई जनप्रतिनिधिबाट कार्यालयमा हाजिर गर्न अवराेध गरेकाे बिषय गम्भिर ध्यानाकर्षण भएकाे जनाएका छन ।

नेपाल निजामति कर्मचारी संगठन झापाका अध्यक्ष केदार पाेखरेल, नेपाल निजामति कर्मचारी युनियन झापा अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङ, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामति झापाका अध्यक्ष यदुनन्दन दाहाल, एकिकृत सरकारी कर्मचारी संगठन झापाका अध्यक्ष निराेज कट्टेल र स्थानीय तह कर्मचारी युनियन नेपालका झापा अध्यक्ष मेघराज बाँस्ताेलाले संयुक्त हस्ताक्षर गरेर जारी गरेकाे बिज्ञप्तीमा भनिएकाे छ,’ बिना कारण कसैकाे व्यक्तिगत तजबिजमा कामकाज गर्नबाट बन्चीत गर्नु गराउनु कानुनी राज्यकाे उपहास हाे तसर्थ प्रमुख प्रसासकिय अधिकत राजकपुर चम्लागाईलाई कार्यालयमा हाजिर गराउन र उच्चमनाेबलका साथ दैनिक कामकाज गर्ने वातावरण सृजना गर्न सम्बन्धित पक्षसंग जाेडदार माग गर्दछाैं ‘।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 1 Minute 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।