२०८३ जेष्ठ २१ बिहीबार

कम्तिमा १०० दिनसम्म पक्राउ पर्दैनन् सन्दिप लामिछाने

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका क्रिकेटर सन्दिप लामिछानेलाई प्रहरीले तत्काल पक्राउ गर्छ कि गर्दैन भन्ने धेरैको चासो छ।

जिल्ला अदालतले कैद सजाय नै सुनाए पनि लामिछाने तत्कालै पक्राउ भने पर्दैनन्।

फैसला आएर पुनरावेदन गर्ने म्याद सम्म लामिछाने पक्राउ नपर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

‘जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन गर्ने म्याद हुन्जेल उनी पक्राउ पर्दैनन्।। पुनरावेदन गर्न पाउने कम्तिमा ७० दिन र थप ३० दिन गरी १०० दिनसम्म म्याद हुन्छ। त्यसैले त्यो अवधिभरि उनी पक्राउ पर्दैनन्,’ उनले भने।

त्यो बेला पनि थुना बाहिर बसेरै पुनरावेदन गरिपाउँ भन्दै सन्दिपले निवेदन दिन पाउने कानुनी व्यवस्था छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को २ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले थुना बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउन सक्ने उल्लेख छ।

यस्तो सुविधा दिने कि नदिने भनेर पुनरावेदन दर्ता गर्ने अदालत (उच्च अदालत) का रजिष्ट्रारले निर्णय गर्न सक्नेछन्।

१० वर्षसम्म कैद सजाय पाएपनि धरौटी वा साधारण तारेखमा छुटेको अभियुक्तलाई भने थुना बाहिरै बसेर पुनरावेदन गर्न पाउने गरी सर्वोच्च अदालतबाट नजिर प्रतिपादन पनि भएको छ । सेतोपाटी

२०८० पुष २५, बुधबार प्रकाशित 0 Minutes 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।