कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको मुख्य न्यायाधिवक्तामा रूपेश कोइरालालाई नियुक्त गरेका छन्।
विराटनगरका कानुन व्यवसायी कोइरालाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले कोइरालालाई शपथ गराएका छन्।
कोइराला परिवारका निकट नवनियुक्त मुख्य न्यायाधिवक्ता रूपेश कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति हुन्। सेतोपाटी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



