२०८३ जेष्ठ २१ बिहीबार

भारतीय विदेशमन्त्रीले पशुपतिनाथ मन्दिरमा पूजा गरे

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार काठमाडौं आएका विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्।

पशुपतिनाथको दर्शन गरेपछि उनले मन आनन्दित भएको बताए।उनले नेपाल-भारत सम्बन्ध र दुई देशका जनताको कल्याणका लागि प्राथना गरेको बताएका छन्।

विदेशमन्त्री जयशंकरले भने,’आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा मन आन्दित भएको छ। नेपाल-भारत सम्बन्ध र हाम्रा दुई देशका जनताको कल्याणका लागि प्रार्थना गरेँ।’ भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार शिष्टाचार भेटवार्ता गरेका थिए।

उनी आजै भारत फर्किने कार्यतालिका छन्।

२०८० पुष २०, शुक्रबार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।