२०८३ जेष्ठ २१ बिहीबार

विमानमा आगलागी : कोस्ट गार्डमा सवार पाँचजनाको मृत्यु

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो ।

मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले जापानका यातायातमन्त्रीलाई उद्धृत गर्दै जनाएको छ ।

सोमबारको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रमा खाद्यान्न लैजाँदै गरेको कोस्ट गार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमानसँग ठोक्किएको अनुमान गरिएको छ ।

जापान एयरलाइन्सको विमानमा रहेका सबै ३७९ यात्रु र चालक दल पूर्णरूपमा आगो लाग्नुअघि नै भाग्न सफल भएका थिए ।

२०८० पुष १७, मंगलवार प्रकाशित 0 Minutes 381 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।