२०८३ जेष्ठ २१ बिहीबार

संसारमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष?

विश्वभर नयाँ वर्ष २०२४ लाई स्वागत गर्ने तयारी भइरहेको छ। केही देश छन्, जहाँ सबैभन्दा पहिले नयाँ वर्ष मनाउन सुरु हुन्छ।

सारा विश्वलाई २४ टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले नयाँ वर्ष विभिन्न देशहरूमा फरक–फरक समय क्षेत्रका आधारमा मनाइन्छ।

नयाँ वर्षको उत्सव प्रशान्त क्षेत्रमा सबैभन्दा पहिले सुरु हुन्छ। अकल्यान्ड र सिड्नीमा व्यापक तयारी गरिएको छ।

सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको सानो टापु देश किरिबाटीको लाइन आइल्यान्डमा मनाइँदै छ।

यहाँ नयाँ वर्ष नेपाली समयानुसार आइतबार साँझ नै सुरु भएको छ। नेपाल खबरबाट

२०८० पुष १५, आईतवार प्रकाशित 0 Minutes 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।