दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौँ– दाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट पिकनिकका लागि हिँडेको भे१ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो ।

बर्दियाको बढैया ताल गाउँपालिका–६  मैना पोखरमा रहेको पिपरहवा कृषक समूह दाङ चखौरामा पिकनिकका लागि गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने बारेमा अझै खुल्न नसकेको पोख्रेलले जानकारी दिए ।

२०८० पुष १५, आईतवार प्रकाशित 0 Minutes 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/