धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।
संघ, प्रदेश र स्थानीय तह एवं मातहतका कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ ।

साम्पाङले राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर कार्यकक्षबाट हटाउने घोषणा ट्विटरमार्फत गरेका थिए ।
‘अबदेखि मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु । जय देश !’ साम्पाङले लेखेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



