२०८३ जेष्ठ २१ बिहीबार

कोरियामा पानी जहाज बनाउने कामका लागि तीन हजार ९८९ उत्तीर्ण

कोरियास्थित पानी जहाज बनाउने काम (सिप बिल्डिङ) का लागि दिइएको सिप परीक्षण परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन्।

सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएका थिए। जसमध्ये ९८.३ प्रतिशत उत्तीर्ण भएका हुन्।

कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरूदत्त सुवेदीका अनुसार योभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन्। सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन्।

‘उत्तीर्ण भएकाहरू पनि अब स्वास्थ्य परीक्षणपछि रोस्टरमा रहन्छन्,’ शाखा प्रमुख सुवेदीले भने, ‘उनीहरू रोजगारदाताको छनोटपछि कोरिया जान पाउँछन्।’

पछिल्लो समय कोरिया रोजगारीका लागि युवाहरूको आकर्षण बढ्दै गएको छ। त्यहाँ पारिश्रमिक तथा सेवासुविधा राम्रो भएका कारण युवाहरूको आकर्षण बढेको सुवेदीको भनाइ छ।

‘सिप बिल्डिङ, कृषि तथा उत्पादन लगायत जुनसुकै क्षेत्रमा काम गर्दा पनि न्यूनतम तलब दुई लाख रूपैयाँ छ।ओभरटाइम तथा अन्य सेवासुविधा थप हुँदा पाँच लाख रूपैयाँ मासिक कमाइ हुन्छ,’ उनले भने।

२०८० पुष ११, बुधबार प्रकाशित 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।