२०८३ जेष्ठ २९ शुक्रबार

आज पनि टुंगिएन सन्दीपविरुद्धको मुद्दा, भोलि पुन: सुनुवाइ

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा बसेको छ। जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको थियो।

यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

आज सरकारी वकिल र पीडित पक्षका वकिलले बहस गरेका थिए तर  मुद्दा हेर्दाहेर्दैमा बसेको छ। वकिलको बहस र पीडित पक्षबाट जवाफी बहस भएपछि मात्रै अदालतले आदेश दिने छ।

गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेल बस्नु पर्ने छ। थाहा खबर

२०८० पुष ११, बुधबार प्रकाशित 0 Minutes 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।