२०८३ जेष्ठ २१ बिहीबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यसदिन चाँदी एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८० पुष ११, बुधबार प्रकाशित 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।