२०८३ जेष्ठ २९ शुक्रबार

इलाममा पिकनिक हिँडेको म्याजिक भ्यान दुर्घटना, तीन जना घाइते

इलामको माई नगरपालिका–२ गोरखेमा पिकनिक सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन । मोरङको सुन्दरहरैचा-१२ वटा आज बिहान पिकनिक आएको को १ ज ३७०६ नम्बरको म्याजिक भ्यान सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो। हुस्सु लागेर बाटो अलमल्लिएका गाडी चालकले गाडी रोकेर स्थानीयलाई चेप्टी जाने बाटो सोध्न बाहिर निस्किएको समयमा गाडी गुडेर सडक भन्दा १५ मिटर तल खसेको थियो।

गाडी दुर्घटनामा सुन्दर हरैचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया कोपिला कार्की र ५७ वर्षीया माया तामाङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको माई अस्पतालमा उपचार भइरहेको छ।

तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट रमाइलो गर्न हेप्पी ड्रिम्स चेप्टी गएका १४ जना ज्येष्ठ महिलाहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

२०८० पुष ११, बुधबार प्रकाशित 1 Minute 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।