२०८३ जेष्ठ २९ शुक्रबार

नेफस्कुनको महासचिवमा झापाका अधिकारीको उम्मेदवारी

झापा । झापाका सहकारीकर्मी घनश्याम अधिकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुन महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

यसअघि केन्द्रीय नेतृत्वमा रहँदै आउनुभएका उहाँले आज हुन लागेको निर्वाचनमा अध्यक्ष परितोष पौडेलको समूहबाट महासचिव पदमा उम्मेदवारी दिनुहुने भएको हो ।

झापाको सहकारी अभियानमा लामो समयदेखि लाग्नुभएको अधिकारी नेफ्स्कुनको केन्द्रीय नेतृत्वमा पटकपटक निर्वाचित हुनुभएको थियो । पहिलोपटक उहाँ पदाधिकारीको बलियो दाबेदारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

२०८० पुष ८, आईतवार प्रकाशित 0 Minutes 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।