२०८३ जेष्ठ २९ शुक्रबार

आदर्श माविको ५० काेठाकाे भव्य भवनको शिलान्यास

मेचीनगर, ६ पुस । मेचीनगर-८, ईटाभट्टास्थित आदर्श माविको ५० कोठाको भव्य भवन बन्ने भएको छ ।

निर्माण हुन लागेको विद्यालय भवनको आज मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख मीना उप्रेती, निवर्तमान नगरप्रमुख बिमल आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, नगरका सामाजिक विकास शाखा प्रमुख ह्दय राजवंशी, भौतिक पूर्वाधार शाखा प्रमुृख चित्रा धिमाल, मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमला, जनप्रतिनिधि, पूर्व व्यवस्थापन समितिका पदाधिकारी, पूर्व प्रअ, छिमेकी विद्यालयका प्रअ, सञ्चारकर्मी, अभिभावक, शिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

सो भवन निर्माणका लागि कुल ६ करोेड ९ लाख रुपैयाँ बजेट विद्यालयले प्राप्त गरेको छ ।

संघीय सरकारबाट प्राप्त विशेष अनुदान तथा मेचीनगर नगरपालिकाको योजनाअन्तर्गत पहिलो चरणमा ८ कोठाको सुविधायुक्त भवन बनिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूणर्बहादुर खड्काले जानकारी दिए ।

यो आर्थिक वर्षका लागि पहिलो चरणमा एक करोड १५ लाख रुपैयाँ बजेट निकासा भएर ठेक्का लागेसँगै भवन शिलान्यास भएको शिक्षक अभिभावक संघका अध्यक्ष भोलानाथ तिम्सिनाले बताए ।

यस विद्यालयले भर्खरै शैक्षिक गुणस्तर मापन केन्द्र (इआरो)मा देशकै ११ औँ र कोशी प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएको खड्काले बताए ।

उत्कृष्ट स्थान प्राप्त गरिरहेको विद्यालयलाई अब भवनको अभाव हट्ने विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीको दाबी छ ।

यो वर्ष ४/४ कोठाको दुईतले भवन बन्ने छ । अर्को वर्ष २४ कोठा हुँदै वार्षिक क्रमिक रुपमा तीन वर्षभित्र करिव ५० कोठाको अत्याधुनिक भवन निर्माण हुनेछ’, उनले भने ।

व्यवस्थापन समिति अध्यक्ष पूणर्बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत एवम् कार्यक्रमको औचित्यमाथि प्रकाश प्रअ पुरीले र सञ्चालन शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।

२०८० पुष ६, शुक्रबार प्रकाशित 1 Minute 403 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।