२०८३ जेष्ठ २१ बिहीबार

दाउद इब्राहिमको विषका कारण मृत्यु भएको खबर झुटो

यसै हप्ताको सोमबार अन्डरवर्ल्ड गुन्डा नाइके दाउद इब्राहिम विष दिइएका कारण अस्पताल भर्ना भएको खबर एकाएक बाहिरियो । उनको अवस्था गम्भीर बनेको र कतिपय भारतीय सञ्चारमाध्यममा त उनको मृत्यु नै भएको खबरसमेत आयो ।

भारतका दर्जनौँ मिडियाले उनी विषका कारण अस्पताल भर्ना भएको र उनको मृत्यु भएको खबरबारे समाचार बनाएपछि विश्वभर यो घटनाले तरंग ल्यायो ।

यद्यपि भारतीय सञ्चारमाध्यमहरूले नै यतिबेला दाउदलाई विष खुवाइएको र उनको मृत्यु भएको खबर झुटो हो भनेर समाचार प्रकाशित गरेका छन् । यसअघि पाकिस्तानका कार्यकारी प्रधानमन्त्री अनवार उल अक काकरलाई उद्धृत गर्दै सबैले दाउदको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

अनवारको ट्विटरबाट दाउदको मृत्यु भएको खबर पोस्ट भएपछि यस्तो हल्ला चलेको एनडी टीभीले जनाएको छ । तर, अनवारको उक्त ट्विटर अकाउन्ट नै फर्जी भएको उक्त खबर पनि झुटो भएको बताइएको छ । शिलापत्रबाट

२०८० पुष ५, बिहीबार प्रकाशित 0 Minutes 339 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।