२०८३ जेष्ठ २९ शुक्रबार

स्रोत नखुलेको १६ लाख १० हजारसहित विराटनगरबाट एक जना पक्राउ

सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ नगदसहित विराटनगरबाट १ जनालाई समातेको छ ।

विराटनगर– १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो  । साहले चढेको १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

उनको साथमा १ हजार दरका ८८५ थान, ५०० दरका १६९ थान, १०० दरका ९०० थान, ५० दरका  ५ थान, २० दरका १२ थान र १० दरका १ थान नोट रहेको सशस्त्रको भनाइ छ ।

साहलाई छानबिनका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।

२०८० पुष ३, मंगलवार प्रकाशित 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।