२०८१ बैशाख १७ सोमबार

झापाको सतिघट्टामा अग्र्यानिक खेती—पहिला बाँझो अहिले हराभरा

मुक्ति पौडेल
मेचीनगर । बाँझो भुँई, हेर्दा उराठ लाग्दो पनि अनि के पो होला र यहाँ जस्तै थियो यही जमिन तर अहिले सबैको दृष्टि यहाँ परेको छ अर्थात परिश्रम र पसिनाको घुलन साच्चै मनमोहक मात्रै होइन आर्थीक उपार्जनको पनि गतिलो माध्याम बनेको छ । झापाको मेचीनगर ७ स्थित सतिघट्टाका पौरखी किसान नारायण ओलीको मिहेनतसँग जोडिएको छ माथिको पंक्ति । ओलीका अनुसार २०७७ साल अघि यही जमिन बाँझो भुईँको रुपमा थियो भने ओलीको सोचमा आएको नयाँ योजनाले अहिले यस क्षेत्रका आम कृषकका लागि प्रेरणा बन्न पुगेको छ ‘दाजुभाई पशुपालन तथा कृषि फर्म’ ।

पशुपालनसँगै मौषमी कृषि खेती गर्ने सोच र योजनाका साथ २०७७ सालबाट शुरु गरेको उनको यो कृषि यात्रा आज उनको राम्रो आम्दानीको स्रोत बनेको छ भने अन्य किसानहरुका लागि ‘ गरे हुन्छ’भन्ने उत्साह समेत भएको छ । ओलीका अनुसार करिब दश बिघाह जग्गामा मौषमी खेतीका रुपमा उनले काँक्रा,लौका,करेला, फर्सी र आलु खेती लगाएकाछन् । कामदारको अभावकै कारण कृषि मजदुरहरु प्राय भारतीय रहेको उनले बताए । दैनिक जसो १२देखि ४० जना सम्म कामदार लाग्ने उनको तरकारी खेतीमा ओलीले शुरुमा १० लाग रुपैयाँको लगानी गरेको र अहिले सम्म करिब २०लाखको तरकारी बिक्रि गरि सकेको र अझै करिब १० लाख बराबरको तरकारी ब्रिकिका लागि तयारी रहेको उनले बताए ।ओलीको यो कृषि कर्मका लागि वडा नं ७ ले किसानहरुलाई प्रोत्साहन गर्न वडा कार्यालय तयार रहेको वडा अध्यक्ष प्रल्हादमणी ओली बताउँछन् ।

किसानहरुले आफुहरु आत्मनिर्भर हुने कार्यक्रम वडासँग माग्नु भन्दा बाटो, बिजुली र अन्य माग गर्नु भन्दा किसान र कृषिसँग सरोकार राख्ने विषयका बारेमा आउँदा वडा जहिल्यै पनि सहयोगका लागि तयार रहेको बताउँछन् । उता कृषक नारायण ओली भने समयमा मल नपाउने र उन्नत जातको बिउबिजनको अभाव हुने गरेको बताउँछन् ओली आफु जस्तै किसानले उत्पादन गरेका वस्तुहरुको बजार व्यवस्थापनमा मेचीनगरपालिकाले अभिभावकीय भुमिका खेलीदिन अनुरोध पनि गर्छन् ।ओली अनुसार आफुले उत्पादन गरेका तरकारी झापाको बिर्तामोड स्थित कृषिथोक बजारमा लैजाने गरेको र अन्य बजारमा पनि पु¥याउने र केही भने स्थानीय बजारमै बिक्रि गर्ने गरेको बताउँछन् । उनले तरकारी खेतीसँगै पशुपालन पनि गरेकाछन् । मेचीनगर ४ बाहुण्डाँगीमा उनको गाईपालन रहेको छ । आगामी दिनमा पशु र कृषि दुबै क्षेत्रमा थप योजना लिएर जाने पनि ओलीले बताए ।

२०७९ पुष २६, मंगलवार प्रकाशित 0 Minutes 536 Views

ताजा समाचार