२०८३ जेष्ठ २९ शुक्रबार

झापामा चिसोले कठाङ्ग्रिएर एक महिलाको मृत्यु

झापा । झापामा चिसोले कठाङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा रहेको जनाइएको छ । मेचीनगर नगरपालिका –१० मा चिसोले कठाङ्ग्रिएर बेहोस भएकी ती महिलालाई बेवारिसे अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

मागेर हिँडिरहेकी अन्दाजी ३० वर्षीया ती महिला केही दिनदेखि धाइजन ढाँट आसपास चिसोमा हिँडिरहेको स्थानीयले देखेका थिए । वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग ती महिलाको उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो । प्रहरीका अनुसार ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो ।

२०८० पुष ३, मंगलवार प्रकाशित 0 Minutes 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।