२०८३ जेष्ठ २९ शुक्रबार

झापाको खयरबारीमा हात्ती मृत फेला

झापा । झापामा हात्ती मृत फेला परेको छ । बिहीबार बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा एउटा हात्ती मृत फेला परेको हो । जिल्ला वन कार्यालय झापाले हात्तीले केही दिनदेखि स्थानीयको सखरखण्ड खाएर क्षति गर्दै आएको थियो ।

सखरखण्डमा क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ । प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थलमा गइसकेको छन् । यो वर्ष जिल्लामा तीन वटा हात्ती मारिसकेको छ ।

त्यस्तै हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी-३ का वन हेरालु ४० वर्षीय धनवहादुर वनको मृत्यु भएको थियो । उनको मृत्यु संगै झापामा हात्ती आक्रमणवाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।

२०८० मंसिर २८, बिहीबार प्रकाशित 1 Minute 420 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।