झापा । प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ३ का २४ वर्षीय भीम बहादुर राई र सोही ठाउँका २१ वर्षीय विकाश घले रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २ ग्राम, नगद १४ हजार रुपैयाँ र ५थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



