२०८३ जेष्ठ २१ बिहीबार

पशुपतिनाथ मन्दिर हेर्न आउने विदेशी पर्यटकको संख्या दोब्बरले वृद्धि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विदेशी तथा आन्तरिक पर्यटकहरुको चहल पहल बढेको छ । विगतका दैनिक एकदेखि दुई सय धार्मिक पर्यटक आउने यस मन्दिरमा अहिले दैनिक तीनदेखि पाँच सयसम्म पर्यटक आउने गरेको पशुपति क्षेत्र विकास कोषले दावी गरेको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने विदेशी पर्यटकहरुको संख्या दोब्बरले वृद्धि भएको दावी गरे । उनले आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको बताए । विशेषगरी कोरियाली, चिनियाँ, यूरोपियनहरु बढिरहेको खतिवडाको भनाई छ ।

उनले भने, ‘पशुपतिनाथ मन्दिर हेर्न आउने पर्यटकहरुको संख्या बढ्दो क्रममा छ । त्यसैले हामीले पशुपति क्षेत्रमा गाइड गर्ने गाइडहरुलाई तालिम दिने तयारी गरेका छौं । नयाँ गाइडहरुलाई र भइरहेका गाइडहरुलाई पनि तालिम दिने योजना छ । उनीहरुलाई पशुपतिनाथको बारेमा बताउनसक्ने बनाउने छौं ।’

मन्दिरमा साधुसन्तहरुको संख्या पनि बढ्नुपर्नेमा अपेक्षाकृत बढ्न नसकेको खतिवडाले स्वीकार गरे ।

२०८० मंसिर २२, शुक्रबार प्रकाशित 0 Minutes 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।