२०८३ जेष्ठ २१ बिहीबार

दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा २९ स्वर्णसहित नेपाल च्याम्पियन

नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो। नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यसाथ दोश्रो भयो। नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्‍यो।

त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई दिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए। सेतोपाटी

२०८० मंसिर १७, आईतवार प्रकाशित 0 Minutes 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।