२०८३ जेष्ठ २९ शुक्रबार

३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ : प्रधानमन्त्री

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए । उनले भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थें।’

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए । ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझें। उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्’ प्रपधानमन्त्री प्रचण्डले भने, ‘मैले साथीहरुलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थें।’

२०८० मंसिर १७, आईतवार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।