२०८३ जेष्ठ २९ शुक्रबार

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता स् अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ। अपाङ्गताभएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै यो दिवस मनाइन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७४४ छ। यसमध्ये पुरुष तीन लाख ५१ हजार ३०१ र महिला दुई लाख ९३ हजार ४४३ छन्।  तथ्यांकअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै शारीरिक अपांगता भएकाहरु ३७.१ प्रतिशत छ।

२०८० मंसिर १७, आईतवार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।