२०८१ बैशाख १३ बिहीबार

राजसंस्थाका विषयमा जनमतसंग्रह गर्न दुर्गा प्रसाईंको चुनौती

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका छन् ।

शनिबार ललितपुरको लगनखेलमा आयोजित सभामा उनले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको जिकिर गरे । स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको उनको भनाइ छ ।

उनले कार्यकारी प्रधानमन्त्री, हिन्दुराष्ट्र, प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमतसंग्रह गर्न चुनौती दिए ।

प्रसाईंले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको उल्लेख गरे । प्रतिबन्धको असर आफूलाई नभई लगाउनेलाई नै हुने उनले बताए । आफूहरूको आन्दोलन नागरिकको गाँस, बास र कपासका निम्ति भएको उनले जिकिर गरे ।

उनले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा. गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाए । हिमालयन टेली भ्वाइस

२०८० मंसिर १६, शनिबार प्रकाशित 0 Minutes 129 Views

ताजा समाचार