काठमाडौ, १३ मंसिर । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



