२०८३ जेष्ठ २१ बिहीबार

चीनको कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलबार दिउँसो भएको कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो । हेइलङजियाङ लङमे सुशांगेसान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण दुर्घटना भएको थियो ।

खोजी तथा उद्धार कार्य सम्पन्न भइ दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

२०८० मंसिर १३, बुधबार प्रकाशित 0 Minutes 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।