मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
सोमबार प्रसाईंको आन्दोलनमा सहभागी भएका आचार्य श्रीनिवास गौशालाबाट पक्राउ परेका हुन् । आचार्य श्रीनिवासलाई पक्राउ गरेर गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

श्रीनिवासमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । प्रसाईं पक्षधर समूहले सोमबार गौशाला चोकमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा उत्रिएकाहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



