
मेचीनगर । मेचीनगर नगरपालिकाले´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` भव्य कार्यक्रमका बिच सुरू गरेको छ ।




बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य हृदय राजवंशी, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर न्यायिक समिति सदस्य तथा मेचीनगर-८ वडा सदस्य कुन्दन निरौलालगायत सयौंको संख्यामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको सहभागीतामा रहेको मेचीनगर महिला विकास अधिकृत जयन्ती खरेलले जानकारी दिइन् ।
उनले सोही कार्यक्रममा लैंगिक हिंसा विरूद्ध हस्ताक्षर संकलन समेत गरिएको बताइन् ।
२०८० मंसिर ११, सोमबार प्रकाशित
1 Minute
391 Views