२०८३ जेष्ठ २९ शुक्रबार

दुर्गा प्रसाईंले मंसिर ७ गते गर्ने प्रदर्शनका लागि बल्खु क्षेत्र तोकियो

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते गर्ने विरोध प्रदर्शनका लागि राजधानीको बल्खु क्षेत्र तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंको प्रदर्शनका लागि बल्खु क्षेत्र उपलब्ध गराएको हो। प्रसाईंले माइतीघर मण्डलामा विरोध प्रदर्शनको घोषणा गरेका थिए।

सोही दिन नेकपा एमालेनिकट युवा संघले प्रदर्शन गर्ने तयारी गरेपछि काठमाडौँ प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रशासनले युवा संघको कार्यक्रमका लागि तीनकुने तोकिदिएको छ।

२०८० मंसिर ५, मंगलवार प्रकाशित 0 Minutes 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।