२०८३ जेष्ठ २९ शुक्रबार

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आधा दर्जन रिट

१ मंसिर, काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा पनि ६ वटा रिट निवेदन पेश भएका छन् ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म ६ वटा रिट निवेदनहरु पेश भएका छन् । ती निवेदन सरसर्ती पढेर रुजु गर्ने प्रक्रियामा छौं ।’

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् ।

२०८० मंसिर १, शुक्रबार प्रकाशित 0 Minutes 288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।