२०८३ जेष्ठ २९ शुक्रबार

झापामा आगलागी, एक घर जलेर नष्ट

तिहारमा झापाका विभिन्न स्थानमा आगलागी भएको छ । यसक्रममा आज बिहान झापा गाउँपालिका-६ हनुमान चौकपूर्व राजन मण्डलको घरमा आगलागी भएको छ । बिहान ४ः४५ बजे बिद्युतद्वारा आगलागी भएको हो । घटनामा अन्न , लताकपडा, कागजपत्रलगायत सम्पूर्ण सामान पूर्ण रुपले जलेर नष्ट भएको छ ।

त्यस्तै हिजो दमक ५ मोडल क्याम्पस पछाडि परालमा आगलागी भएको थियो । तिहारको बेला सचेततापूर्वक बिजुली प्रयोग नगर्दा र पटाका पड्काउँदा आगलागी हुने गरेको छ ।

२०८० कार्तिक २७, सोमबार प्रकाशित 1 Minute 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।