२०८३ जेष्ठ २९ शुक्रबार

झापा क्षेत्र नं १ : काँग्रेस महासमिति सदस्य चुनावमा ९२ % मतदान, आज नै गणना हुने

धुलाबारी । नेपाली काँग्रेसको महासमिति सदस्य निर्वाचन अन्तर्गत ९२% बढी मतदान भएको छ ।

झापा क्षेत्र नं- १ को महासमिति निर्वाचनका लागि कुल ६०७ प्रतिनिधि मध्ये ५६१ जनाले मतदान गरेको निर्वाचन अधिकृत चन्द्रशेखर गुरागाईंले जानकारी दिए ।

४६ प्रतिनिधि सहभागी मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।

कुल १० पदका लागि १९ जना निर्वाचन मैदानमा छन् । बिहान ८ बजेदेख दिउँसो २ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो । मतदान धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसिज प्रतिष्ठानमा सम्पन्न भएको हो ।

मतगणनासमेत आजै गरिने निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ बजेबाट गणना सुरु गरिने मतदान अधिकृत गुरागाईँले जानकारी दिए ।

२०८० कार्तिक २३, बिहीबार प्रकाशित 1 Minute 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।