२०८३ जेष्ठ २८ बिहीबार

भूकम्प तथ्यांक अपडेट : मृतक १५३, घाइते ३६३, अन्य क्षति कति? (हेर्नुहोस् सूची)

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको सरकारले जनाएको छ।

गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पबाट भएका क्षतिबारे प्रभावित जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी छ।

जसअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ।

भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ। यसपछि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ।

तथ्यांकअनुसार घाइते ३६३ मध्ये सबैभन्दा बढी रुकुम पश्चिममा २ सय जना छन् भने जाजरकोटमा १४५ जना घाइते भएका छन्। यस्तै भूकम्पमा परी जुम्लामा ६, दैलेख, बैतडी र प्युठानमा ३/३ जना, सल्यानमा २ जना तथा कालिकोट र रोल्पाका १/१ जना घाइते भएका छन्।

सैगरी भौतिक क्षतिर्फ १७ हजार ७९२ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने १७ हजार ५२९ घरमा भूकम्पले आंशिक क्षति पुर्‍याएको छ। नेपाल खबरबाट

हेर्नुहोस् अपडेट विवरण :

२०८० कार्तिक २१, मंगलवार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।