२०८३ जेष्ठ २८ बिहीबार

जाजरकोट भूकम्प : शुक्रबारयता ३३९ परकम्प मापन

काठमाडौं । जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पछि निरन्तर परकम्प गइरहेको छ ।

शुक्रबारको भूकम्पयता आइतबार अपराह्न ४:१० बजेसम्म ३३९ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाले जानकारी दिएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसले ठूलो जनधनको क्षति भएको छ ।

केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४.२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४.३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

२०८० कार्तिक १९, आईतवार प्रकाशित 0 Minutes 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।