२०८३ जेष्ठ २१ बिहीबार

कोसीमा एमालेको गुन भुल्दिनँ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की चाडै नै कोसी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले आफूलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डाअनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताए ।

आफू सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो, उसको गुण नबिर्सिने जिकिर गरे । उनले पहिलेको सरकारले पटकपटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफूले सफल बनाउने धारणा राखे ।

यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको नेकपा (एमाले)ले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाइ गरेको आरोप लगाएको छ ।

एमालेका नेता एवं कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लव अधिकारीले एमालेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए । उनले समर्थन गरेको दलको सल्लाहअनुसार सरकार गठन गर्नुपर्ने बताए ।

२०८० कार्तिक १६, बिहीबार प्रकाशित 0 Minutes 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।