२०८३ जेष्ठ २८ बिहीबार

राष्ट्रसंघका महासचिव फर्केलगत्तै कतारका राजा नेपाल आउने

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमणलगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा जानकारी गराएका हुन् । उनले आफ्नो कुटनीतिक पहलका कारण विशिष्ट व्यक्तिहरुको भ्रमण भइरहेको दावी गरे।

‘उहाँ फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने। सम्भवत कात्तिक २० गते उनी नेपाल आउँदैछन्।

महासचिव गुतेरस आज राति चार दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 0 Minutes 510 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।