झापा । गत साता स्कुटर दुर्घटनामा घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत कात्तिक ३ गते अर्जुनधारा- २ मदनपुरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा २ बस्ने ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरूलाई बिर्ता सिटी हस्पिटल ल्याइएको थियो ।
घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १.५० बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



