२०८३ जेष्ठ २८ बिहीबार

सरकारी वकिल कार्यालय झापाको गाडी इलाममा दुर्घटना

बिर्तामोड  । जिल्ला सरकारी वकिलको कार्यालय झापाको कार इलाममा दुर्घटनामा परेको छ । बुधबार बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा २ झ २६७१ नं को कार दुर्घटनामा परेको हो । कार रोकेर बाटोको ढुङ्गा पन्छाउन खोज्दा सो कार आफै ब्याक भएर सडकबाट करिब ३ मिटर तल झरेको प्रहरीले जनाएको छ ।

कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको जनाइएको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको बताइएको छ ।

२०८० कार्तिक ८, बुधबार प्रकाशित 0 Minutes 378 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।