२०८३ जेष्ठ २१ बिहीबार

मुम्बईको एक भवनमा आगलागी, दुई जनाको मृत्यु

मुम्बई । मुम्बईको कांदिवली क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  कांदिवलीको महावीर नगरको पवनधाम वीणा सन्तूर भवनमा आगलागी भएको हो ।

आगलागीमा परी अन्य तीन जना घाइते भएको समेत जानकारी प्राप्त भएको छ । समाचार एजेन्सी एएनआईले भवनमा लागेको आगोको भिडियो पनि शेयर गरेको छ ।

बीएमसीलाई उद्धृत गर्दै एएनआईले आगलागीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । सोमबार दिउँसो १२.२७ बजे आगलागी भएको हो । रातोपाटी

२०८० कार्तिक ६, सोमबार प्रकाशित 0 Minutes 610 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।