२०८२ बैशाख २७ शनिबार

‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेश सभा सदस्य कार्कीको नेतृत्वमा सरकार निर्माण गरिएको बताए।

उनले कोशी प्रदेश सरकार गठनबाट संघीय र बागमती सरकारलाई कुनै असर नपर्ने बताए।

कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिए।रासस

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित 0 Minutes 206 Views

ताजा समाचार