काठमाडौं । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ ।
इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन सहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ । इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



