२७ असोज, विराटनगर । नेपाली कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।
सत्तारुढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गरे । उनी शेखर समूहकै हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



