काँकरभिट्टा । काँकरभिट्टा नाकाबाट नेपाली नागरिकता बोकेर अवैध रुपमा भारत प्रवेश गरेका एक चिनिया नागरिक भारतमा पक्राउ परेका छन् ।
चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ । नेपाल भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनिया नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन् । उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए ।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपि देखाएका थिए ।
एसएसबीका जवानलाई उनीमाथि शङ्का लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको थाहा पाए । त्यसपछि चिनिया नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाको बारेमा थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ । टाइम्स अफ प्रदेश
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



